नैतिक शिक्षा
विद्यासम्बन्धी नीतिका श्लोक
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धानाद्धर्मं ततः सुखम् ।।
अर्थ- विद्याले विनय दिन्छ । विनयले पात्रता(योग्यता) दिन्छ । पात्रताबाट धनआर्जन हुन्छ र धनबाट धर्म हुन्छ, अनि धर्मले सुखलाई दिन्छ ।
नास्ति विद्यासमो बन्धुर्नास्ति विद्यासमः सुहृत् ।
नास्ति विद्यासमं वित्तं नास्ति विद्यासमं सुखम् ।।
अर्थ- विद्या समान बन्धु हुँदैनन्, विद्या समान सुहृत् हुँदैनन्, विद्या समान धन हुँदैन र विद्या समान सुख हुँदैन ।
आयुः कर्म च विद्या च वित्तं निधनमेव च ।
पञ्चैतानि विलिख्यन्ते गर्भस्थस्यैव देहिनः ।।
अर्थ- जीवन, कर्म, विद्या, धन र मृत्यु यी पाँच चिज गर्भमै लेखिएको हुन्छ ।
विद्याभ्यासस्तपो ज्ञानमिन्द्रियाणां च संयमः ।
अहिंसा गुरुसेवा च निःश्रेयसकरं परम् ।।
अर्थ- विद्याभ्यास, तपस्या, ज्ञान र इन्द्रिय संयमबाट विद्या प्राप्त गर्न सकिन्छ । अहिंसा र गुरुको सेवा नै सर्वोत्तम कार्य हो ।
विद्या नाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्
विद्या भोगकरी यशः सुखकरी विद्या गुरुणां गुरुः ।
विद्या वन्धुजनो विदेशगमने विद्या परं दैवतम्
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।।
अर्थ- विद्या मनुष्यको सबैभन्दा ठूलो धन र यश हो । जुन गुप्त छ । विद्या भोग दिने वाला छ, यश दिने वाला छ । विद्या गुरुको पनि गुरु हो । विद्याले बन्धुबान्धकलाई सहयोग गर्छ । विदेश यात्रामा मार्गदर्शन गर्छ । विद्या देवता हो । विद्या राजसभामा पूज्य हुन्छ, धनवाला पूजित हुँदैन । त्यसैले विद्याविहीन जो छ, उ पशुसमान हो ।
येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं च गुणो न धर्मः ।
ते मर्त्यलोके भूविभारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति ।।
अर्थ- जोसँग विद्या, तप, दान, ज्ञान, शील, गुण र धर्म छैन, त्यो मनुष्य पृथिवीमा भार भएर मानव स्वरुपमा मृगजस्तै घुम्दछन् ।