top of page

संस्कृत अभ्यास १

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।

सरस्वती प्रार्थना

नेपाली अर्थ

सेतो हाँसमा चढ्नु भएकी, एउटा हातमा वीणा र अर्को हातमा पुस्तक लिनु भएकी, सरस्वती माताले मलाई विद्या प्रदान गर्नुहोला ।

ddca07c82291b80c43100cdc8036996b.jpg

वर्णमाला / Alphabet

कुनै पनि भाषाको वर्णहरूको समूहलाई वर्णमाला भनिन्छ । संस्कृत भाषामा वर्णहरूलाई दुई भागमा राखेर अध्ययन गर्न सकिन्छ ।

१. स्वर वर्ण             २. व्यञ्जन वर्ण

स्वर वर्ण (१३)

           स्वतन्त्र रूपमा उच्चारण गर्न सकिने, अर्थात् जसको उच्चारण गर्न अन्य वर्णको आवश्यक नपर्ने वर्णलाई स्वर वर्ण भनिन्छ ।

संस्कृत भाषाका स्वर वर्णहरू यसप्रकार रहेका छन्-

       अ आ इ ई उ ऊ ऋ ॠ लृ ए ऐ ओ औ 

व्यञ्जन वर्ण (३३)

              स्वतन्त्र रूपमा उच्चारण गर्न नसकिने, अर्थात् जसको उच्चारण गर्न स्वरवर्णको आवश्यक पर्ने वर्णलाई स्वर वर्ण भनिन्छ ।

क ख ग घ ङ

च छ ज झ ञ

ट ठ ड ढ ण

त थ द ध न

प फ ब भ म

य र ल व

श ष स

वर्णहरू बन्ने प्रक्रिया

क्+अ =       क्+आ = का       क्+इ = कि      क्+ई = की       क्+उ = कु      क्+ऊ = कू  क्+ऋ = कृ    क्+ॠ = कॄ       क्+लृ = क्लृ      क्+ए = के       क्+ऐ = कै      क्+ओ = को   क्+औ = कौ 

यस्तै गरी अन्य वर्णहरूको पनि अभ्यास गर्नुहोला ।

धन्यवाद !        

bottom of page